चितवन / नेकपा एमाले चितवनले नागरिकको जिउधनको सुरक्षा गर्न प्रशासनसँग माग गरेको छ ।
आज (सोमबार) एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको बिषयमा संवेदनशिल बन्न र नागरिकको जिउधनसँग प्रहरी प्रशासनसँग माग गरेका छन् ।
सोमबार साँझ अज्ञात समूहको आक्रमणबाट चितवनका युवा एवं कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको थियो ।
यस्तै गत बैशाख २४ गते राष्ट्रिय युवा संघ खैरहनीका उपाध्यक्ष कुमार थापामगरमाथि खुकुरी प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।
चुनावको मुखैमा यस्ता घटना हुँदा सरकारले शान्ति सुरक्षाको सुनिश्चितता गर्न नसकेको विज्ञप्तिमा भनिएको छ । दुबै घटनाका दोषीलाई तत्काल कारबाही गर्न एमाले चितवनले सरकारको ध्यानाकर्षण गराएको छ ।





















