चितवन / भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले आफू विकासको पक्षपाती भएको बताएकी छन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार दाहालले अघिल्लो कार्यकालमा शुरु गरिएका कामलाई पूर्णता दिँदै गर्दा महानगरका धेरै काम पाइपलाइनमा रहेको समेत बताइन् । शनिबार भरतपुरमा आयोजित कार्यक्रम उनले भनिन्, ‘पाइपलाइनमा रहेका काम पुरा गर्न मेरो दोस्रो कार्यकालको लागि उम्मेदवारी हो ।’
उनले सरसर्ती आफू र आफ्नो पालामा पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, रोजगारी र आयआर्जनका क्षेत्रमा गरिएका विकासबाट उत्साहित भएको बताउँदै अधुरा र अपूरा काम, तिनको लक्ष्य र कार्यभारको बारे जानकारी दिइन् ।
उनले केही अपवादलाई छोडेर समग्र चितवनका राजनीतिक पार्टीबाट आफू र आफ्नो टिमले साथ पाएको स्मरण गरिन् । तर पछिल्ला दिनमा भने त्यस्तो साथ सहयोग टुट्दै आएको बताउँदै उनले भनिन् “विकासको काम कसैको पक्ष र विपक्षमा हुँदैन भन्ने मेरो भावना हो ।





















