चितवन / आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकिदैं जांँदा चितवनमा चुनावको सरगर्मी ह्वात्तै बढेको छ । सत्तारुढ ५ दलिय गठबन्धले प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिएसँगै चुनावी माहोलले रौनकता पाएको हो ।
यतिबेला, जिल्लाका विभिन्न नगर तथा टोलहरुमा विभिन्न पदका प्रत्याशी उम्मेदवारहरु चुनावी गतिविधीलाई तिव्रता दिएका छन् । मतदान आफ्नो पक्षमा गर्न उम्मेदवारहरु घरदैलोमै पुगेर मतदाता समक्ष विकास निर्माण र सामाजिक सुरक्षाको एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । अधिकांश स्थानिय त
हका प्रतिनिधीहरु पुनः प्रत्यासी बनेसँगै गएको ५ वर्षमा आफुले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दैै बाँकी अधुरा विकास निर्माणका कामहरु पुरा गर्न मत दिन आग्रह गरिरहेका छन् ।
यता मतदाताहरुलाई पनि चुनावी रन्कोले तताएको छ । दुई धुर्वमा बाँडिएका मतदाताहरु यतिबेला आ–आफ्नै तर्कहरु प्रस्तुत गरिरहेका भेटिन्छन् । अधिकांश मतदाताहरु तत्कालिन दुई तिहाई बहुमतको नजिक रहको सरकारका प्रधानमन्त्री केपी ओलीको हठका कारण देश ठुलो राजनितिक दुर्घटनामा फसेको सम्झन्छन् ।
नाम उल्लेख नगर्ने शर्तमा सप्तगण्डकी क्याम्पस भरतपुरमा अध्यापनरत एक मतदाताले भने,‘विकास र समृतिको सपना देखाएर बहुमत नजिक पुगेका केपी ओलीले जनताको मत राख्ने सार्वभौम संसद भंग गरेर देशलाई बर्बाद पार्ने स्थानमा लगेपनि काँग्रेस नेतृत्वको ५ दलिय गठबन्धनले राजनीतिक स्थायित्व दिन सफल भयो ।’ उनले ओली हठकै कारण प्रदेशहरुमा पनि राजनितिक अस्थिरता उत्पन्न भएकाले हुनुपर्ने कतिपय विकास निर्माण र पुर्वाधारहरुहरु बन्न नसकेको आरोप लगाए ।
पर्सा खैरहनीका २६ वर्षीया युवा सुदेश रेग्मीको बुझाई भने केही फरक छ । सरकार निर्माण ताका ओली नेतृत्वको सरकारले विकास निर्माणमा आशलाग्दो केही राम्रो काम गरेपनि ओलीमा देखिएको सत्तामोह कारण देश अद्योगति तर्फ धकेलिएको बताए ।
उनले तत्कालिन नेकपा गठबन्धन दलका बिचमा खटपट हुँदा ओली आफु सर्वसक्तिमान बन्न र प्रधानमन्त्रीको कुर्सीमा टिकिराख्न असंवैधानिक क्रियाकलापमा लागेको आरोप लगाए । विगतमा एमालेलाई भोट दिएका उनी भन्छन्, अहिले ‘स्थानिय तहको निर्वाचन आएको छ । फेरी ओलीले जनता भुलाउन उही पहिलेकै जस्तो मिठो सपना बाँड्न थाले । तर यसपटक त्यस्तो गल्ती गर्दिन् ।’
‘हाँसो ठट्टा र उखान टुक्काबाट जनता हँसाउन ओली सफल भएका छन । विकास, समृद्धी र सुखी नेपालीको नारा अनुसारको काममा उनी फेल छन, भरतपुर चनौलीका विरेन्द्र श्रेष्ठ भन्छन्, पार्टीमा सबै मान्छे खराब नै हुन्छन भन्ने होईन, तर निर्वाचित भएर गईसकेपछि जनताको अपेक्षा बमोजिम काम गर्न नसक्नु गलत हो ।’
उनले आसन्न स्थानिय तहको निर्वाचनमा त आफ्नो गाँउ, शहर बुझेको र भिजन भएको नेतालाई मतदान गर्ने बताए । एक कार्यकाल पुरा गर्न सफल मेयरका प्रत्यासी रहेकी रेनु दाहाल विकासप्रेमी भएको उनको बुझाई छ ।
भरतपुरका अधिकांश मतदाता यतिबेला ५ दलिय गठबन्धनबाट उम्मेदवार बनेका रेनु दाहाल र चित्रसेन अधिकारीको पक्षमा रहेको बताउछन् ।
दुवै उम्मेदवारको विकासप्रेमी भएकाले फेरी पनि उनैलाई किन नल्याउने भन्दै प्रतिपश्न तेस्र्याउन थालेका छन् ।





















