भरतपुर / नेकपा माओवादी केन्द्रका भरतपुर ११ का वडा अध्यक्षका उमेद्धार युवराज पौडेलले अहिलेको लडाइँ परिवर्तन विरोधी र परिवर्तनकारी शक्ति बीचको लडाइँ भएको बताएका छन्। शनिबार भरतपुर ११ को जनोदय समन्य टोलमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघठन गरेपछि पाँच पार्टीहरुले गठबन्धन गर्न बाध्य भएको बताए। अध्यक्ष पौडेलले जनताको सुख–दुःखको साथी माओवादी केन्द्र नै भएको कुरा भरतपुर ११ का वडाबासी जनताले बुझिसकेको दाबी गरे।
पौडेलले वडाबासी जनताकै मत पाएर हामी सम्पूर्ण गठबन्धनको टिम नै जित्ने बताए । कोण सभालाई सम्बोधन गर्दै जनोदय समन्वय टोल विकास संस्थाका निर्वतमान अध्यक्ष गोविन्द आचार्य ले हामी स्थानिय निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौं, यो निर्वाचनमा ११ नम्बर वडा ले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गरि अत्याधिक मत ल्याई विजय गराउने जानकारी दिए ।






















