चितवन / नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको बखान गर्नु जरुरी नभएको बताएका छन् ।
बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले ओली गणतन्त्र विरोधी भएको कुरा पनि दोहोर्याएका छन् । उनले भने, ‘केपी ओलीको बखान गर्नु जरुरी छैन ।
हजार जिब्रो भएका शेषनागले गर्न सक्दैनन् । केपी ओली गणतन्त्रविरोधी हुन् । उनी महागफाडी हुन् । उनी झुटको पुलिन्दा चढ्न सक्छन् । झुटोलाई साँचो भन्छन् ।’
भरतपुरका सन्दर्भमा विवाद नभएको उल्लेख गर्दै नेपालले भने, ‘भरतपुरका सन्दर्भमा कुनै दुई मत छैन ।’ निवर्तमान मेयर रेनु दाहालले उत्कृष्ट काम गरेको उल्लेख गर्दै उनले भने, ‘यातायातदेखि पिउने पानीसम्मका कुरामा दाहालले काम गर्नु भएको छ । उहाँका काम प्रशंसनीय छन्। दाहाललाई हामीले विकासका निम्ति अगाडि बढ्ने मेयरका रूपमा पाएका छौँ ।’
दाहालले सभामा पेस गरेका ‘काम सुनेर आफू दंग परेको पनि नेपालले बताए । ‘रेनु दाहालको भाषण सुनेर म दंगदास छु । बधाई छ रेनु दाहाललाई,’नेपालले भने ।





















