चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नफुट्ने उद्घोष गरेका छन् । बाढी प्रभावित माडीका विभिन्न क्षेत्रको निरीक्षण पश्चात आज नेकपा माडीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरे ।
बुझेर काम गरिने भएकाले कुनै दुर्घटना हुन नदिने बताउनु भयो । जतिसुकै कठिन अवस्था भएपनि समाधान गरि छाड्ने दाबी गरे ।
पार्टीको विधि र बिधान अनुसार नै हामी हिड्नु पर्छ लहडमा समर्थन र बिरोधमा नहिड्न कार्यकर्तालाई निर्देशन दिए ।
माथि केही समस्या भए हामी बसेर समाधान गर्छौ तपाइहरु विधि र बिधान बाहेक केही नगर्नुस उहाँले भन्नू भयो । पार्टी एकताको पक्षमा उभिन कार्यकर्तालाई अनुरोध गरे ।
उनले पार्टी फुटिहाल्यो जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री कार्यकर्तालाई एकढिक्का हुन आग्रह गरे । ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं, अध्यक्ष प्रचण्डले भने’, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन् ।’ उनले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको बताए । ‘केही तत्वले कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं,उनले भने ।
माडीको विकासमा निकुञ्ज ऐन बाधक भएको भन्दै त्यसलाई सन्सोधनको तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु कृष्ण भुर्तेल, बिजय सुवेदी,रामलाल महताे, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माडी नगरप्रमुख ठाकुर ढकाल लगायत उपस्थित थियाे । बाढि प्रभावित क्षेत्रकाे निरिक्षण पछि स्थानीय अगुवाहरु संग प्रचण्डले भेटघाट गरे ।





















