चितवन / कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा नारायणीले कटान गरेको क्षेत्रको प्रचण्डद्धारा निरीक्षण गर्नुभएको छ । प्रचण्डले अव जनताले आगामी वर्ष देखि नदि कटानवाट जोखिम समस्या भोग्न नपर्ने वताउनुभएको छ ।आज काठमाडौ देखि सिधै चितवन आउनुभएका दाहालले चितवनका नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गर्ने क्रममा यस्तो वताउनुभएको हो ।
छिट्टै राप्तीे र नारायणी कोरीडोर निर्माण गरेर नारायणी नदिको कटार छिट्टै हटाइने उहाले वताउनुभएको छ ।देशभर अविरल वर्षाका कारण आएको वाढीले पुर्याको जोखिम स्थलको अवलोकन पश्चात गम्भिर हुनुभएका दाहालले अर्थ मन्त्रालयमा फाइल पुगेको र रिंगंरोड सहितको डिपिआर सम्पन्न भएको जानकारीे दिनुभएको छ ।

आफ्नै कार्यकालमा यो योजना पुरा गरि व्यवस्थित नारायणी र राप्ती सहितको रिगंरोड रमणीय क्षेत्र वनाइने दाहालले वताउनुभयो । दाहालले आफू निर्वाचितपछि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथको काम अघि बढेको र अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको बताए । उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनको कार्य भइरहेको प्रष्ट पारे ।
आफ्नो विशेष कार्य थाती राखेर देशको समस्यालाइलाइ प्रमुख रुपमा लिइ समाधान गर्न सधै तत्पर रहने वताउदै दाहालले विश्वस्त रहन जनतालाइ आस्वासन दिनुभएको छ ।





















