माडी / नेकपा माओवादी केन्द्र सम्बद्व प्रेस सेन्टर नेपाल माडीद्वारा स्थानिय तहको निर्वाचनमा पत्रकारिताको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी प्रेस सेन्टर नेपाल माडीले स्थानीय तहको निर्वाचनमा पत्रकारहरुको भूमिका विषयमा माडीका क्रियाशील पत्रकार र मिडियाकर्मीसँग अन्तरक्रिया गरेको हो। आगामी निर्वाचनमा स्वच्छ, मर्यादित र बिश्वसनीय पत्रकारिता गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।





















