भरतपुर / आशन्न स्थानिय तहकाे निर्वाचनमा गठबन्धनकाे तर्फबाट भरतपुर महानगरकाे प्रमुख पदका उमेदवार रेनु दाहालले राजनीति नै आफ्नाे विश्वविद्यालय भएकाे बताएकीछिन् ।
भरतपुर महानगरका मारवाडी समुदायसंगकाे अन्तरक्रियाका क्रममा उनले राजनीतिमा निरन्तरताले नै आफ्नाे काम गर्ने तरिकामा निखार आएकाे बताईन् । ‘ मैले अौपचारिक शिक्षाकाे लागि विश्वविद्यालय त टेकिन पठनपाठनकाे हिसावले पक्कै पछि छु , ‘दाहालले, भनिन् , तर म२७ वर्ष देखि राजनीतिमा अहाेरात्र छु यही मेराे सिकाईकाे विश्वविद्यालय हाे ।’ मारवाडी समुदायका युवाले उनकाे नेतृत्व र भिजनबारे राखेकाे प्रश्नमा उनले समाज परिवर्तन नै मुख्य सपना रहेकाले साेही अनुसार काम गरेकाे बताईन् ।
साे क्रममा मारवाडी समुदायका युवाले आफ्नाे समुदायकाे विशेषता र विज्ञतालाई महानगरकाे विकास निर्माणमा उपयाेग गर्न सुझाएकाथिए । उनले महानगरमा पुनः नेतृत्व गर्ने अवसर पाएकाे खण्डमा विषय विज्ञका रुपमा समुदायका विज्ञहरुलाई समेट्ने बताईन् ।
जानाजान कसैलाई छाेडेकाे हाेईन, तर ख्याल राखेर समेट्न याे सुझाव मनन् गर्नेछु ,’ उनले भनिन् । आफुले गर्न चाहेका बिकास निर्माणका याेजना याे पाँच वर्षमा सुरुआत मात्र गर्न सकिएकाले पूर्णता दिन एक कार्यकाल दाेहाेर्याउन अवसर दिन उनले आग्रह गरीन् । ‘गठवन्धनकाे तर्फबाट प्रमुख र उपप्रमुख दुबै उमेदवार महानगरवासीबाट टेस्टेड एण्ड भेरिफाईड छाैं , उनले भनिन् सिस्टम बुझेकाले पनि द्रुत काम गर्न हामी सक्षम हुनेछाै ।’ पाँच वर्षमा सबै वाचा पूरा गर्न समय अभाव भएकाे उनले दावी गरिन् ।
पाँच वर्षकाे कामकाे मुल्याङकनकाे आधारमा विश्वासकाे मत जित्ने उनले बताईन् । अन्तरक्रियामा उपप्मुख पदका उमेदवार चित्रसेन अधिकारीले महानगरकाे समग्र बिकासकाे लागि बनेका याेजनाका खाकालाई पूर्णता दिन याे नेतृत्वकाे निरन्तरताकाे खाँचाे रहेकाे बताए ।’
हामी दुबैले यहाँकाे भुगाेल चिनेका छाैं,’अधिकारीले भने ,’हामीलाई अब ज्ञात भईसकेकाे छ कहाँ कस्ताे माेडेलमा काम गरे छिटै सम्पन्न हुन्छ ।’ कार्यक्रममा बाेल्नेहरुले मारवाडीहरुलाई माडेकाे ट्याग लगाएर आवश्यकता भन्दा बढी रकम अशुल्ने गरेकाे भन्दै सुधारकाे माग राखे ।
यस्तै मारवाडी महिला मञ्च चितवनकाे तर्फबाट बाेल्दै अध्यक्ष सिरु सरवागीले महानगर भित्र महिलाकाे नाममा सञ्चालनमा रहेका व्यवसायमा कर छुटकाे माग राखेकीथिईन् ।





















