चितवन / नारायणी नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले महानगरपालिकाको वडा नम्बर २७ र २८ मेघौलीको सिमानामा पर्ने निउरेचोक नजिकैको स्पर बगाएको हो । नदीले करिब ४० मिटर जमिन कटान भएको भरतपुर महानगरपालिका २८ का वडाध्यक्ष आशबहादुर कुमालले जानकारी दिए ।
पाँचवटा स्परमध्ये एउटा स्पर शुक्रबार बिहानदेखि नदीले बगाउन थालेको र तत्कालै कटान रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नदी नियन्त्रण कार्यालय तथा सुरक्षा निकायहरुको संयुक्त टोलीले काम गरिरहेको उनले बताए ।

सो क्षेत्रमा आसपासका स्परहरु समेत बगाउने खतरा बढेकाले रोकथामको काम गरिएको बताए । भरतपुर महानगरपालिकाको वडा नं १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन् ।
जसमा पनि भरतपुर महानगरपालिकाको वडा नम्बर २८ का ६ वटा गाँउ साल्बास, सिसाबास, जगीटोल, पर्सा बजार, लौखारी र घोलाघाट उच्च जोखिममा छन् ।
सो क्षेत्र शसस्त्र प्रहरी वल गढीमाई बाहिनी भण्डाराका बाहिनी पनि (डिआईजी) कृष्णभक्त बह्रचार्यको निर्देशनसगौ चितवनमा विशेष टोली खटार्ईएको छ । टोलीले बिहानै देखि फिल्डमा खटिएर बोरामा गिटि बालुवा भरेर ड्याम निर्माण गरिरहेको छ ।





















