काठमाडौं / आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो ।
उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै अन्य कुनै लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने वा मर्जरमा जाने सम्बन्धि आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यस बाहेक सभाले आर्थिक वर्ष २०७६ / ०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय माथि छलफल गरी पारित गरेको छ ।
उक्त सभामा संचालक समितिको बैठक भत्ता तथा सुविधाका सम्बन्धमा छलफल र संचालक समितिको निर्वाचन समेत गरिएको थियो । त्यस्तै, आव २०७७ / ०७८ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।





















