भरतपुर / नेकपा एमाले भरतपुर ११ ले चुनाव केन्द्रीत घरदैलो कार्यक्रम लाई तिव्रता दिएकाे जनाएको छ ।
यहि ३० गते सम्पन्न हुन गैरहेकाे स्थानीय चुनाव मा एमाले का तर्फबाट उम्मेदवारी दिएका मेयर , सहित वडाका अध्यक्ष तथा सदस्य हरुलाई विजयी वनाउने उद्देश्य सहित आज १४ गते विहान ७ वजे देखि गाईखर्क टाेल र कमलादेवी टाेलवाट घरदैलो शुरु गरिएको प्रचारप्रसार कमिटी का सँयाेजक कृष्ण खनालले जानकारी दिए ।
गत निर्वाचन मा आफ्नाे पार्टीका उम्मेदवार हरुलाई विजयी गराई वडावासीकाे सेवा गर्ने माैका दिनुभएकाेमा धन्यवाद दिदै आगामी दिनमा नेकपा एमाले काे तर्फबाट वडावासी मतदाताहरुमा प्रतिवद्धता पत्र घरघरमा वितरण गर्ने कार्य समेत सँचालन गरिएकाे वडा अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए।
वडारहेका टाेलहरुलाई विभिन्न क्षेत्रमा विभाजन गरि वडा भित्र रहेका एमाले का जिल्ला सदस्य हरु , पूर्व जिल्ला सदस्य हरु , नगर कमटी तथा वडा र टाेल कमिटी काे विशेष जिम्मेवारी मा घरदैलो चुनावी कार्यक्रम सन्चालन गर्ने याेजना रहेकाे प्रचारप्रसार कमिटका सह सँयाेजक कृष्ण ढकालले जानकारी दिए ।
सँयाेजक कृष्ण खनालका अनुसार चुनावी प्रचार अभियान विहान ७ वजे देखि शुरुहुनेछ भने साँझ ४ वजे वाट पुन: शुरु भै प्रत्येक टाेलका मतदाता हरुलाई भेटी शुझावहरु समेत सँकलन गरिनेछ । चुनावी घरदैलोमा वडा अध्यक्ष का उमेदवार सहित सदस्य का उम्मेदवार हरु वडा भित्र का विभिन्न जिम्मेवारी मा रहेका नेताकार्यकर्ता हरुकाे उपस्थिति रहनेछ । भरतपुर ११मा मेयर तथा उपमेयर का उम्मेदवार घरदैलो १७ गते हुने वडा सचिव ईश्वरी पण्डित ले जानकारी दिए ।
भरतपुर ११मा नेकपा एमाले ले अध्यक्ष मा कमल मल्ल लाई उम्मेदवार वनाएकाे छ भने सदस्य मा लालमाया लामा ,सीताकुमारी रनपाल,भाेजराज सुवेदी र सागर कुमाल( तारा) लाई उठाएकाे छ । भरतपुर महानगरकाे मेयरमा भने नेकपा एमाले ले विजय सुवेदी लाई अघि सारेकाेछ भने उपमेयरमा गठवन्धन उम्मेदवार लाई मत दिने जनाएको छ ।
विजय सुवेदी विकास याेजनाकारकाे रुपमा लाेकप्रिय रहेकाे जानकार हरु वताउँछन् ।





















