काठमाडौं / नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति बनाएको हो ।
तर, उम्मेदवार छान्ने जिम्मा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई दिएको छ ।
बनेको समितिको पहिलो बैठक आजै बसेको छ । बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार चयन गर्ने जिम्मा भने सभापति देउवालाई दिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
कांग्रेसले विराटनगर र ललितपुर मेयरको उम्मेदवार छान्न सकेको छैन । त्यसको जिम्मा भने सभापति देउवालाई दिइएको छ ।





















