काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेट भएको छ।
शुक्रबार चुनावमा भाग लिन मुद्दा फिर्ताको माग लिएर गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न प्रकाण्ड गएका थिए। भेटमा स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ।
भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिनु पर्ने माग नेकपाले राखिरहेको छ।
यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्।वार्तामा गृहमन्त्री खाँणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन्।
सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको बताइएको छ।





















