चितवन / भरतपुर अस्पताल मेडिकल सुपरिटेन्डेन्टसहित तीन जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छन् ।
प्रवल जनसेवाश्री विभूषणबाट अस्पतालका मेसु प्रा.डा. कृष्णप्रसाद पौडेलसहित बालरोग विशेषग्य डा. खेमराज पौडेल र नर्सिङ अधिकृत सरिता भण्डारी विभूषित भएका हुन् ।
संविधान दिवसका अवसरमा गत असोजमा सरकारले विभिन्न विभूषण पदकको घोषणा गरेको थियो ।





















