चितवन / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भरतपुर महानगर माओवादीलाई दिने संकेत गरेका छन।
बिहिवार भरतपुर बिमानस्थलमा कुराकानी गर्दै सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले गठबन्धन भित्रका सबै दलहरु चुनावी तालमेलको लागि लचिलो हुनु पर्नेमा जोड दिए।
महानगर र उपमहानगरपालिकामा कसको उम्मेद्बार हुने भन्ने कुरा केन्द्रले निर्णय गर्ने भएकोले चाँडैनै यस बारेमा टुंगो लाग्ने उनले बताए । उनले भने, ‘कसले कहाँ उम्मेद्बारी पाउने भन्दा पनि कसरी गठबन्धनलाई बलियो बनाउन र धेरै स्थानमा बिजय गर्न सकिन्छ त्यो महत्त्वपूर्ण कुरा हो।’
भरतपुरको बारेमा जिल्लाका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाइ भेट गरेर एक किसिमको समझदारी बनिसकेकोले विवाद नरहेको उनको भनाइ थियो।





















