काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवलाई अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन आग्रह गरेका छन् ।
ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चन्दलाई एमालेको सूर्य चिह्नबाट चुनावमा उठ्न आग्रह गरे । विप्लवजीलाई भन्न चाहन्छु चुनावमा स्वतन्त्र ढंगले भाग लिनुहोस् । सूर्य चिह्नबाट चुनाव लड्नुहोस्, जित्नुहोस्’ ओलीले भने ।
‘अहिले पनि चुनाव सार्ने कोसिस गरेका छन् । विगतमा पनि स्थानीय तह रिक्त गराउने शेरबहादुरजी नै हुनुहुन्थ्यो २०५९ कै जस्तो अवस्था फेरि नहोस् ।
उहाँले देशलाई प्रतिगमनमा पुर्याएको रेकर्ड छ । तर शेरबहादुर, प्रचण्ड, माधव चुनाव रोक्न लाग्नु भएको छ,’ उनले भने ।
चुनाव सर्ने अस्त्रको रुपमा चन्दलाई देखाउन खोजेको ओलीले बताए । ‘यसका लागि विप्लवलाई देखाउन खोज्नुभएको छ म अहिले विप्लवजीलाई भन्छु तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रमा नलाग्नुहोस् ।
तपाईंलाई षड्यन्त्रकारी नेता होइन तर षड्यन्त्रको सिकार हुँदै हुनुहुन्छु, ओलीले भने ।
उनले अहिलेको चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिन चन्दलाई आग्रह गरे ।





















