चितवन / भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालको अध्यक्षतामा महानगरका निजि तथा सामुदायीक विद्यालय अगुवाहरुबीच शैक्षिक विकासका बिषयमा छलफल भएको हो ।
भरतपुर महानगरपालिकाले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दवेन्द्र पौडेलसँग समसामयीक शैक्षिक सवालमा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा महानगर अन्तर्गतका निजि तथा सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुले संघीय एन संशोधन नभएको भन्दै छिटो भन्दा छिटो शिक्षक महासंघले दिएका सुझावलाई कार्यान्वयन गरेर नयाँ शिक्षा एन जारी गर्न आग्रह गरे ।
संघीय एन संशोधन गरी शिक्षामा देखिएका विकाराल समस्या समाधान गर्नु पर्ने उनीहरुको भनाई थियो ।
त्यस्तै उनीहरुले शिक्षक छनोट प्रक्रिया प्रभावकारी बनाउनु पर्ने, राम्रा राम्रा योग्य मानिसलाई शिक्षामा आक्रषण गर्न सक्नु पर्ने, सामुदायीक विद्यालयमा प्रयाप्त बिषयगत शिक्षकको नियुक्ति गर्नु पर्ने, प्रभावकारी तालिम दिईनु पर्ने र अन्य कर्मचारी सरह शिक्षकलाई समान ब्यवहार गरिनु पर्ने माग गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले शिक्षा संघीय शिक्षा एन परिमार्जन नहुँदा स्थानीयतको शैक्षिक विकासमा असहजता भएको भन्दै चाडै एन परिमार्जन गर्न मन्त्रिलाई सुझाव दिए ।
कार्यक्रममा भरतपुरानगर प्रमुख रेनु दाहालले महानगरको शैक्षिक विकासमा १५ प्रतिशत बढि बजेट बिनियोजना गरि काम गरिरहेको बताईन् । यहाँको शैक्षिक सुधारमा धेरै राम्रो प्रतिफल आएको बताउँदै दाहालले महानगरका वियालयमा ७ हजार नया विद्यार्थी संख्या थप्न सफल भएको दाबी गरिन ।
विद्यालय सुधारसँगै शैक्षिक सुधारमा महानगरमा नमुना काम भएको दाहालको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले प्रदेश र संघले बेलामा एन कानुन र कार्यविधी नबनाउँदा काम गर्न केही समय जटिलता भएको बताईन् । असहजताका बाबजुत पनि आफुहरुले स्थानीय एन कानुन बनाएर महानगरमा धेरै काम गर्न सफल भएको उनको भनाई थियो ।
मन्त्री पौडेलले शिक्षा विकास र शिक्षकको हितका लागी आफुले सबै खाले निति नियम र योजना बनाएर काम गर्न तयार रहेको बताएका थिए ।
शिक्षकको सम्मान नभएसम्म शिक्षाको विकास नहुने भन्दै उनले शिक्षकको आत्म सम्मान हुने र शिक्षाको विकासले फड्को मार्ने गरी आफुले काम गरेको दाबी गरे ।
उनले भरतपुर महानगरको शैक्षिक विकासमा धेरै राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे ।





















