मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोश जाँगर र हिम्मत बढ्नेछ ।आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाईएला । आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कूटनीतिक नियोगको सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आज समाजसेवामा मन लाग्नेछ । छोटो र रमाईलो यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको अवसर मिलनेछ । आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । शत्रु क्षय होलान् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ , चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वस्थयको ख्याल गर्नु पर्ला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यात्रामा मालसामान हराउन सक्छ । शुभारम्भको चर्चा चल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । अतिथिको रूपमा सत्कार पाइएला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । पारिवार संग रमाइलो भेटघाट हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वस्थयको विशेष ख्याल गर्नु होला । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।





















