चितवन / किराना व्यवसायी संघ चितवनको अध्यक्षमा हरिराज पौडेल चयन भएका छन् । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा सम्पन्न संघको १०औं वार्षिक साधारणसभा एवं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महासचिवमा जीवन प्रसाद आचार्य, सचिवमा दिलीप डागा, कोषाध्यक्षमा थानेश्वर चालिसे चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा उत्तम गुप्ता, कृष्ण अम्गाई, अर्जुन कुमार पौडेल , ज्ञानेन्द्र श्रेष्ठ, सुशील सापकोटा र कृष्णप्रसाद पौडेल चयन भएका छन् । नव निर्वाचित कार्यसमिको कार्यकाल दुई वर्षको हुनेछ ।





















