चितवन / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन हुनै नसक्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले गठबन्धन हुनै नसक्ने बताउदैं उनले एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढाल्ने अनि अहिले माओवादी केन्द्रसँग गठबन्धन गर्न लागेको हल्ला फिजाउनेहरुको भनाई गलत रहेको बताए ।
काँग्रेस, माओवादीसंग अन्य विषयमा कुराकानी, समिक्षा भएपनि चुनावी गठबन्धनका विषयका कुनै वार्ता, कुराकानी नभएको उनको भनाई थियो । उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए । पोखरेलले फरक प्रसंगमा प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका थिए।





















