चितवन / नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएसन भरतपुर महानगरपालिका को आयोजनामा भरतपुर ८ पारसनगर चितवनमा १ दिने निशुल्क पशु स्वास्थ शिविर सम्पन्न भयो ।
भरतपुर महानगरपालिका वडा न ८ का वडा अध्यक्ष दामोदर न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा नव कृषक दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडका अध्यक्ष शिव प्रसाद पौडेलले अध्यक्षता गर्नुभएको थियो ।

त्यस्तै अतिथिहरूमा पशु विशेषज्ञ डा. टिकाराम न्यौपाने ,भरतपुर महानगरपालिका पशु सेवा शाखा प्रमुख पशु चिकित्सक श्याम राज देवकोटा रहनु भएको थियो ।
शिविरमा मेडिकल उपचार ,परिजिवि नियन्त्रण , एन्टी रेबिज खोप , गर्भ परिक्षण , गोबर परिक्षण ,बाझोपन उपचार लगायतका बिभिन्न रोगहरूको उपचार गरेको थियो ।
शिविरमा गाई ७२ वटा, भैसी १७ वटा, बाख्रा १३१ वटा, कुकुर ६ वटा गरि २२६ वटा पशुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
शिविरमा भरतपुर महानगरपालिका भेटेनरी अस्पताल र बिभिन्न औषधि उत्पादन कम्पनीले औषधि सहयोग गरेका थिए ।
नव कृषक दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको सहकार्यमा भएको शिविरमा स्वागत मन्तव्य देबिन्द्र पौडेलले राख्नुभएको थियो ।
त्यस्तै शिविरको कार्यक्रम सन्चालन प्रकाश ढकालले गरेका थिए ।
























