चितवन / नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यन्वयनमा आएको बताएका छन् ।
नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । नदी कटानको समस्या र नागरिकले भोग्नुपररेको पिडाको अनुभुती आफूले राम्रो संग अनुभुती भएको उनले बताए ।
_20220330154204.jpg)
यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरी सुरू गरिएको बताउँदै बिगतमा अभिशाब बनेको यस नरायणी तटिय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने बताईन् ।आयोजना सम्पन्न हुँदा २ सय ९० बिगाहा जमिन उकास समेत हुने र केही रकम लागत खर्च बापत लिएर सो उकास भएको जमिन सम्बन्धित जग्गा धनिलाईनै दिने आयोजनाको लक्ष्य रहेको उनले बताईन । उनले तोकिएकै समयमा गुणस्तरिय ढंगले काम सम्पन्न गर्न निर्माण व्वसायी र सम्बन्धित कर्मचारिहरूलाई निर्देशन समेत दिईन ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटिय क्षेत्रका नागरिकले कहिलै दुख भोग्नुनपर्ने बताईन । यो आयोजनाले नागरिकको ज्यूधनको रक्षा गरेको भन्दै आफुले निर्वाचनका बेला गरेको बाचा पुरा गरेको बताईन् ।यस आयोजनाले तटबन्धनका साथै पर्यटकिय केन्द्रको रूपमा विकास हुने बताउँ उनले यो काम प्रचण्डकै कारण सम्भब भएको बताईन् ।
मार्ग निर्देशक सुशिल चन्द्र आचार्यले आयोजनाको बारेमा जानकारी दिदै रामघाट ,शिबघाट देखी गोलाघाट सम्म २२ कि मी नारायणी नदीमा तटबन्धनका साथै पहुँच मार्ग र हरियालिकरण सम्पन्न हुँदा नदी कटान र डुबानको दिगो रूपमा समाधान हुनुका साथै पर्यटकिय क्षेत्रको रूपमा विकास हुने बताए । ४ अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य २ बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।
त्यस्तै भरतपुर महानगरपालिकाको महानगरिय रिङरोड अन्तर्गत सिसही, सिमरी टाउन खण्डको २९ करोड लागतको १२ किमी महानगरिय रिङरोडको समेत प्रचण्डले शिलान्यास गरेका थिए । कार्यक्रम उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्भा भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















