काठमाडौं / पेट्रोलियम गाडीलाई अब विद्युतीय गाडीमा रुपान्तरण गर्न पाइने भएको छ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको हो।
सरोकारवालाले पुराना गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने कानुनी व्यवस्था गर्न माग गर्दै आइरहेका बेला सरकारले सबै गाडीलाई वातावरणमैत्री हुने गरी फेरबदल गर्न स्वीकृति दिएको छ।
हाल नेपालमा सवारीसाधनको अवस्था हेरेर भन्दा पनि २० वर्ष पुराना सबै सार्वजनिक यातायातका साधन चलाउन नपाउने व्यवस्था छ। यसलाई सरकारले प्रदूषण तथा सुरक्षाको कारण भन्दैै आएको छ।






















