चितवन / नेकपा (माओवादी केन्द्र) रत्ननगरको अध्यक्षमा श्यामप्रसाद बराल निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी दीपक शाहीलाई पराजित गर्दै बराल नगरअध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको ६२ मतमध्ये बरालले ३७ र शाहीले २५ मत पाएका थिए ।
उपाध्यक्षमा वासुदेव चापागाईं, प्रदीप बञ्जारा र दिलबहादुर बुढाथोकी विजयी भएका छन् । चापागाईंले ५२, बञ्जाराले ४६ र बुढाथोकीले ४२ मतका साथ विजयी भएका हुन् । उपाध्यक्षका उपविजेता अनिल तामाङले २९ मत प्राप्त गरेका छन् ।
सचिवमा ३८ मतका साथ मेघनाथ पौडेल विजयी भएका छन् । सचिवमा प्रत्याशी झनकप्रसाद पौडेलले २२ मत पाएका छन् । सहसचिवमा श्याम देवकोटालाई पराजित गर्दै लक्ष्मी नेपाली विजयी भएकी छन् ।
नेपालीले ५२ मत प्राप्त गर्दा देवकोटाले १० मत पाएका छन् । कोषाध्यक्षमा प्रकाश कुमाल निर्वाचित भएका छन् । विष्णु पोखरेललाई पराजित गर्दै कुमाल कोषाध्यक्षमा निर्वाचित भएका हुन् । कुमालले ३६ र पोखरेलले २३ मत प्राप्त गरेका छन् ।
पदाधिकारी चयनको लागि वडाबाट छनोट भएर आएका ६५ जना नगर सदस्यमध्ये ६२ जनाले मतदान गरेका छन् । मत गणना सकिएलगत्तै नवनिर्वाचित पदाधिकारी तथा नगरसदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । पार्टीका निर्वाचन आयुक्त अधिवक्ता गोपिलाल देवकोटाले उनीहरुलाई शपथग्रहण गराएका हुन ।
कार्यक्रममा प्रदेश सांसद् तथा केन्द्रीय कञ्चन खनाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी, बागमती प्रदेश कमिटी कोषाध्यक्ष संगीता भट्टराई, नगर इन्चार्ज राजु अम्गाईं सुबोध लगायतको सहभागिता रहेको थियो ।
सपथ ग्रहण पश्चात आफ्नो प्रतिवद्धता ब्यक्त गर्दै गर्दा नवनिर्वाचित अध्यक्ष बरालले पार्टिको आन्तरिक प्रतिस्पर्धामा कसैको जित र हार नहुने बताएका छन ।





















