काठमाडौं / निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ ।
चुनावका लागि मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको एक आयुक्तले जानकारी दिए ।
आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला, र अन्य १ सय ८३ मतदाता रहेका छन् । यसअघि भएको २०७४ सालको निर्वाचनपछि हालसम्म ३६ लाख हाराहारी मतदाता संख्या बढेको छ ।
पाँच बर्षको अवधीमा ३६ लाख ५९ हजार दुई सय ९९ मतदाता बढेको हो ।





















