काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु पर्ने आवश्यकता रहेको बताएका छन्।
आइतबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन्।
उनले आगामी स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने बताए। गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिनेछ। कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो।
चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ। धेरै केन्द्रीय सदस्यहरुको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ।
बैठकले चुनावबारे सैद्धान्तिक निर्णय गर्छ, नेता पौडेलले भने। सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ।





















