चितवन / सम्पूर्ण क्षेत्रमा सहयोग गर्दै आएको लायन क्लव अफ भरतपुर सप्तरङ्गीले आजिवन संस्थापक सदस्य एंव ग्रीन हाउसको डेपुटी को-अर्डिनेटर लायन दुर्गा पन्तको जन्मदिनको उपलक्ष्यमा भरतपुर १२ चितवनमा रहेको साहाराको घरमा रहेका असायलाई खाध्यन्न सहयोग कार्यक्रम सम्पन्न गर्यो ।

लायन क्लव अफ भरतपुर सप्तरङ्गीका तृतिय उपाध्यक्ष सीता पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा रिजन चेयरपर्सन लायन रितु गिरि प्रमुख अतिथि रहनु भएको थियो ।
त्यस्तै अथितिहरुमा स -सचिव सुस्मा थापा , भाईलेट हाउसका कोअर्डिनेटर अर्जुन पौडेल ,साहारा घरको सञ्चालिका कुशुम साहारा , पत्रकार लायन नबिन बाबु मरहट्टा लगायतको उपस्थिति थियो ।
त्यस्तै लायन गोविन्द श्रेष्ठ , लायन सुर्दशन भण्डारी , लायन सोनि लिम्बु , लायन दुर्गा पन्तको आमा सहित सम्पूर्ण परिवार लगायतको भव्य उपस्थिति थियो ।
कार्यक्रममा लायन रितु गिरिले जन्मदिनकोले शुभकामना दिदै मन्तव्य राख्नुभएको थियो । त्यस्तै साहारा घरको सञ्चालिका कुशुम साहाराले लायन दुर्गा पन्त सहित लायन क्लव अफ भरतपुर सप्तरङ्गीको सम्पूर्ण टिमलाई सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम लायन क्लव अफ भरतपुर सप्तरङ्गीको कोषाध्यक्ष लायन दुर्गा सुवेदीले सञ्चालन गर्नुभएको थियो ।






























