चितवन / भरतपुर महानगरपालिका ११ नौरङ्गेमा अवस्थित श्री नव जागृति आधारभूत विद्यालयको १४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम आज शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा शैक्षिक तथा खेलकुद पुरस्कार वितरण गरेको थियो । वार्षिक नतिजामा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुबाट न्यान्सी बोगटी प्रथम भएकी छन् ।
शिक्षक अविभावक संघका अध्यक्ष राजु परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अथितिहरुमा शैक्षिक सुधार समितिका संयोजक हरि भट्ट , कमलादेवी मन्दिर टोल विकास सस्थाका उपाध्यक्ष नबिन बाबु मरहट्टा लगायत टोलका समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद पराजुलीले प्रस्तुत गर्नुभएको थियो । शैक्षिक सुधार समितिका संयोजक हरि भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । भट्टले यस स्कूलको गतिविधि देखेर अबबाट वरिपरिका बच्चाहरुलाई निजि विद्यालय खोज्दै अनेत्र जान नपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षिका दिप्ति ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षिका हरिमायाँ सुवेदी ले गर्नुभएको थियो ।
विद्यार्थीहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक नृत्र्य देखाएर कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।


























