चितवन / समाजकाे व्यवहार परिवर्तन गराउन सके मात्र महिला हक स्थापित गराउन सकिने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
११२ औं अन्तरास्ट्रिय नारी दिवसकाे अवसरमा आदर्श महिला सामुदायिक संस्थाले गितानगरमा आयाेजना गरेकाे अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बाेल्नेहरुले महिलाकाे समान हकका लागि महिला स्वयमकाे पनि व्यवहार परिवर्तन आवश्यक रहेकाे बताए ।
समुदायमा आधारित कार्यक्रमहरुमा समावेशी सहभागिता गराउन सके समताकाे अभ्यास हुने उनीहरुले बताए । कार्यक्रममा भरतपुर महानगरका उपमेयर पार्वती शाहले महिलाहरु आर्थिक रुपमा सबल भए निर्णायक भूमिका स्वयम् सृजना हुने तर्क गरिन् । भरतपुर महानगरले महिलाहरुकाे सीप तथा क्षमता विकासका लागि महिलाहरुकै माग अनुसार कार्यक्रम ल्याएकाे जानकारी गराईन्।
निरन्तर सिकाई र व्यवहारिक अभ्यासबाट मात्र परिवर्तन सम्भव रहेकाे उनकाे भनाई थियाे । तीन तहकाे संरचनाकाे पहिलाे अभ्यासकाे अन्त्य तर्फ आउँदै गर्दा आगामी दिनका लागि महत्वपूर्ण सिकाई बनेकाे बताईन् ।

कार्यक्रममा भरतपुर वडा नम्बर ६ कि जनप्रतिनिधि शर्मिला परियारले महिलालाई नेतृत्व तहमा आउन आत्मविश्वासकाे खाँचाे रहेकाे बताईन् । आफ्नाे कार्यकाल सिकाईकै क्रममा सकिन लागे पनि महिलाका लागि विनियाेजित बजेटकाे सही उपयाेग गर्न वडामा सहकार्य गरेकाे बताईन् ।
कार्यक्रममा मुना गुरुङ,अध्यक्ष ईच्छापूर्ण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुना गुरुङ, गितानगर प्रहरी चाैकीका बिमला भण्डारीनेपाल रेडक्रस साेसाईटि चितवनका सहमहामन्त्री शालिग्राम पाैडेल, समाजसेवि मेनका रिमाल , संस्थाका सल्लाहकार भेषराज दुवाडीले नारी दिवस मनाउनुकाे उदेश्यदिवस केन्द्रित कार्यक्रम मात्र नभई सचेतनाकाे पहल भएकाे बताए ।
२०५१ सालमा स्थापना भएकाे आदर्श महिला सामुदायिक संस्थाले महिला तथा बालबालिकाकाे हक हित र न्यायिक पहुँचका लागि निरन्तर काम गर्दै आएकाे संस्थाकी अध्यक्ष शकुन्तला हमालले बताईन् ।
प्रशिक्षक सूर्यबदना हमालले महिलाकाे न्यायिक अधिकार , संविधानले गरेका व्यवस्थाका विषयमा अभिमुखिकरण गराएकाे कार्यक्रममा गितानगरका करिव एक सय जना महिला सहभागी भएका थिए ।





















