कैलाली / नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुन: निर्वाचन हुने भएको छ ।
कांग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्र्तगत आज भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुन: दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए ।
मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन्।
निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ । सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा कम मत ल्याएका कलेल भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।





















