गोरखा / गोरखा जिल्ला पालुङटार नगरपालिकाको उपमेयर पम्फा बसेल वैवाहिक जिवनमा बाधिएकी छिन् । उपमेयर बसेलले जनबादी विवाह गरेकी हुन् ।
उनले युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराजका स्वकीय सचिव दिलिप सोनि सङ्ग लगन गाठो कसेकी हुन ।
विवाहमा नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ( प्रचण्ड ) , नेता नाराणकाजी श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिति थियो ।
उनीहरुको विवाह क्वालिटी पार्टी प्यालेस बुद्ध नगर काठमाडौमा सम्पन्न भएको हो ।






















