चितवन / तमु (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन हुनुभएको छ ।
सोमबार भरतपुरमा भएको प्रथम अधिवेशनबाट ९ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा हिरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ, कोषाध्यक्षमा नेत्र गुरुङ चयन गरेका छन् ।
यस्तै सदस्यहरुमा घना गुरुङ, करिश्मा गुरुङ, कमला गुरुङ र ममता गुरुङ चयन भएका छन् ।
अधिवेशनको बागमती प्रदेशकी सांसद एवं राप्रपाकी केन्द्रीय सह–महामन्त्री रिना गुरुङले समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा तमु (गुरुङ) संचारकर्मी संघका केन्द्रीय अध्यक्ष रविन गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सदस्य राजु चौधरी, तमु (गुरुङ) संचारकर्मी संघका केन्द्रीय सदस्य नविन गुरुङ सीता गुरुङ, नेवा पत्रकार राष्ट्रिय दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संघका केन्द्रीय सचिव एवंम तदर्थ समिति चितवनका संयोजक चित्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।





















