चितवन / नेपाली कांग्रेस चितवनले जिल्ला अधिवेशनलाई भड्किलो नबनाउने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले फ्लेक्स, होर्डिङ बोर्ड लगायतका ठुला प्रचार सामाग्री प्रयोग नगर्न उम्मेदवारहरुलाई सुझाएको छ ।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मतदान स्थलमा जथाभावी चुनावी प्रचार सामाग्री राख्ने, वितरण गर्ने कामहरु हुन नदिने बताउनुभयो । जिल्ला अधिवेशन भरतपुरको हाकिमोकमा रहेको चितवन मिड टाउन (सीएमटी) मा हुनेछ ।
अधिवेशनलाई हार्दिकता र सौहार्दपूर्ण ढंगबाट सम्पन्न गरिने बताउनुभयो । यही फागुन १५ गते हुने जिल्ला अधिवेशनको तयारीबारे बैठकले २ वटा उपसमिति समेत बनाएको छ ।
कोषाध्यक्ष शंकरप्रसाद कँडेलको संयोकत्वमा भोजनालय व्यवस्थापन उपसमित, भूपू सैनिक संघ चितवनका अध्यक्ष सन्तलाल गुरुङको संयोकत्वमा १ सय १ सदस्यीय स्वयमसेवक परिचालन उपसमिति गठन गरिएको छ ।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र अञ्जनी श्रेष्ठले जिल्ला अधिवेशनलाई खर्चिलो नबनाउन निर्देशन दिनुभएको छ ।
जिल्ला अधिवेशन गराउन मुख्य निर्वाचन अधिकृतका रुपमा ज्ञानेन्द्र अधिकारीलाई जिम्मेवारी पाउनुभएको छ । उहाँले कांग्रेसको निर्वाचन निर्देशिका अनुसारनै निर्वाचन गतिविधि अगाडी बढाइने बताउनुभयो ।
कांग्रेस चितवनका सचिव उत्तम जोशीले सोमबारभित्रै निर्वाचन समितिले पूर्णता पाउने र कार्यतालिका सार्वजनिक हुने बताउनुभयो ।
१४ गते उम्मेदवारी दर्ता र १५ गते मतदान हुनेछ । जिल्ला नेतृत्व चयनका लागि २ हजार ९ सय ४४ जनाले मतदान गर्नेछन् ।





















