काठमाडौं / कमल थापाले आज (शनिबार) औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् ।
प्रजातन्त्र दिवसको दिन पारेर उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् ।
राजधानीमा आयोजित पार्टी घोषणसभालाई सम्बोधन गर्दै उनले आफूलाई विधान र कानुन अनुसार राप्रपा फुटाउने सुझाव आएपनि त्यसो नगरेको बताए ।
आफूले गीतामा हात राखेर राप्रपा नफुटाउने कसम खाएका कारण सो पार्टीलाई नफुटाएको दाबी समेत गरे ।
पार्टी घोषणसभामा सो पार्टीका नेता कार्यकर्ता बाजागाजा सहित कार्यक्रमस्थलमा पुगेका थिए ।





















