चितवन / माडीमा चेपाङ्गद्वारा सक्रिय एबम जनप्रिय् पत्रकार अजित अधिकारीलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
परुई खोला संघर्ष समिति देबेन्द्रपुरद्वारा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा समितिले माडीका सक्रिय पत्रकार अधिकारीलाई सम्मान गरेको हो ।
खासगरी पत्रकार अजित अधिकारीले केही दिन अगाडि माडीमा मन्दिर बन्यो : चेपाङ्गको घर बनेन भनेर विभिन्न अनलाईन खबरमा समाचार लेख्दा, धेरैले आपत्ति जनाएको र पत्रकारले चेपाङ्गको घरको विषयमा समाचार लेख्दा नानाथरी टिकाटिप्पणी आएको भन्दै, यस्ताकुरामा कत्तिपनि बिचलित नभई जनताका समस्याप्रति अझधेरै चासो राख्न र हौसला प्रदान गर्न सम्मान गरिएको परुई खोला संघर्ष समिति देबेन्द्रपुरका सचिब कमल चेपाङ्गले बताए ।
यो संगै पत्रकार अधिकारी जनताका हरेक समस्या र सुखदुखमा सधैं साथदिदै माडीको बिकासमा पत्रकारिताको माध्यमबाट समाजमा परिवर्तनकारी भुमिका खेल्न र भुमिहिन गरिब सुकुम्बासी जनताको समस्यालाई बुझेर आवाज र कलम चलाउदै आएकोमा आभार व्यक्त गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ ।
समितिका अध्यक्ष छबिलाल चेपाङ्गको अध्यक्षतामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै, अध्यक्ष छबिलाल चेपाङ्गले पत्रकार अजित अधिकारीले भुमिहिन सुकुम्बासी जनताको पक्षमा रहेर सधैं निरन्तर आवाज र कलम चलाएकोमा खुशी व्यक्त गरे ।
यो संगै उहाँ बारम्बार हाम्रा समस्या बुझ्न र हाम्रा समस्या उजागर गर्न फूर्तिलो र जागरुक हुनुहुन्छ । पटकपटक चेपाङ्गको घर बनेन भनेर समाचार सम्प्रेषण गर्नुहुन्छ । यही नै हामी गरिब भुमिहिन सुकुम्बासीका लागि ठूलो उपहार भएको बताए ।
उनी भन्छन् बारम्बार नगर प्रमुख समेत आएर तपाईंहरुका घर हामी बनाउछौ भन्दै कयौं पटक झुक्याएर गए । अबको चुनावमा के नारा लिएर आउछन् । हामी पनि हेर्छौ, अब यिनिहरुका पछिपछि हामी कदापि पनि दुगुर्दैनौ भन्ने उनको भनाइ थियो ।
अर्को फरक प्रसङ्गमा उनले, बिगतमा भगवान् रामको मन्दिरसंगै चेपाङ्गका घर बनाउने भनेर दिएका झुटा आश्वासनको पैचो आगामी चुनावमा फिर्ता गर्ने बताए ।
पत्रकार अधिकारी अहिलेसम्म देशका साना तथा ठुला एफएम रेडियो हुँदै विभिन्न अनलाईन पत्रपत्रिकामा कार्यरत रही सानै उमेरमा नै पत्रकारितामा अनुभव संघाली सकेका छन् ।
यसैगरी नगरपालिकाले परुई खोला किनारमा बस्दै आएका भूमिहिन सुकुम्बासीहरुका आगनीमा घर बनाउने आश्वासनमा गाडिएका पिल्लरहरु जिर्ण र अलपत्र अबस्थामा छन् ।
अधिकारी अहिले नेपालीको आवाज डटकम अनलाईन पत्रिका माडीका प्रमुख र जसपाल न्युजका माडी सम्बादाता हुन् ।





















