चितवन / नेकपा (एकीकृत समाजवादी) पार्टीका मोर्चा संगठनले आज एकै समयमा देशैभर विरोध सभाको आयोजना गरेका छन् ।
मोचा संगठनहरुले आज भरतपुर चौबीसकोठीमा एमसीसी विरुद्ध कोणसभा गरि एमसिसि बिरुद्ध खबरदारी गरेका थिए । दिनको १ बजे एमसीसी विरुद्ध गरेको सभामा समाजबादी पार्टीका केन्द्रिय सदस्य सुर्य प्रसाद लामिछाने प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा जिल्लाका शीर्ष नेताहरुले एमसिसिको विरुद्धमा पार्टीको तर्फबाट गर्न मिल्ने सम्म सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा एमसिसि हामीलाई चाहिदैन देश बेच्न पाइदैन ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, राष्ट्रहित बिरोधी एमसिसि फिर्ता लैजाउ जस्ता नारा समेत लगाएका थिए ।
सभामा वक्ताहरुले एमसीसी परियोजना राष्ट्रघाती छ , देशको सर्बभौसत्तालाई बेच्न पाइदैन यदि देश र जनताको चाहाना विरुद्ध व्यक्ती या पार्टी जो कोहि पनि लाग्छ भने हाम्रो पार्टीले तेस्ताको हिसाब किताब माग्छ, मुक्त दर्शक भएर बस्दैनौ ।
देश र जनताको हितमा हाम्रो पार्टी सधै अडीक छ र अडीक रहने छौ भनी चेतावानी समेत दिएका थिए । एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव तथा मोर्चा संगठन प्रमुख नरेन्द्र कन्दङ्वाको संयोजकत्वमा बिरोधका कार्यक्रमहरु सम्पन्न भएको थियो ।





















