चितवन / साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष बरिष्ठ पत्रकार टिकादत्त तिमिल्सिनाका भाई बुहारी गायत्री तिमिल्सिनाको असामयिक निधनप्रति सञ्जालले समवेदना प्रकट गरेको छ । समवेदना प्रकट कार्यक्रममा सञ्जालका निवर्तमान अध्यक्ष राजु भट्ट, सह–सचिव नविनबाबु मरहट्टा लगायतको उपस्थिति रहेको थियो ।
यस सञ्जालका शुभचिन्तक उदय तिमिल्सिनाकी धर्मपत्नी गायत्री तिमिल्सिनाको ४४ वर्षको उमेरमा भएको असामयिक निधनले सञ्जाल परिवारलाई स्तब्ध बनाएको छ । शोकको यस दु:खद् घडीमा दिवगंत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्त परिवारजन तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना सहित तिमिल्सिनाको स्वर्गारोहणले साप्ताहिक सञ्जाल नेपाल–चितवनले एक असल, इमान्दार अभिभावक गुमाउनु परेकोमा शोक प्रकट गरेको छ ।






















