चितवन / राजमार्गमा ढल निर्माण का लागि खनिएको खाडलमा परि भरतपुरमा भाले गैडाकाे ज्यान गएकाे छ ।
पक्की ढल निर्माण का लागि खनिएको खाडल नपुरेकै कारण नालीकाे खाेचमा खसेकाे गैडा निस्कन नसकेर गैडा मरेकाे हाे ।
भरतपुर महानगर क्षेत्र भित्र काे विस्तारित राजमार्गको निर्मार्णाधिन गाेन्द्राङ पुर्वकाे जङ्गल काे छेउमा खनिएको दक्षिणी नालीमा खस्दा गैडाले ज्यान गुमाएको थियाे घटनाको प्रकृति हेर्दा साे वयस्क भाले गैडा हतारमा दाैडिएकाे र वेगका कारण नजिकै काे जाली काे वार च्यात्दै अघिवड्दा साे दुर्घटनामा भएकाे अनुमान गर्न सकिन्छ ।
खाडलमा फसी मृत्यु भएकाे साे गैडालाई जे सि वि ले बाहिर निकाली पाेष्टमार्टम प्रकृया अगाडि वढाईएकाे जनाईएकाे छ ।





















