चितवन / भरतपुरमहानगर प्रमुख रेनु दाहालले आजको परिवेशमा महिलाहरुले अवसरबाट बञ्चीत हुन नपर्ने बताउनु भएको छ ।
मंगलबार भरतपुर महानगरपालिका वार्ड नं. ८ मा आयोजित सिलाई मेसिन बितरण कार्यक्रममा प्रमुख दाहालले सो कुरा बताउनुभएको हो ।
हिजो महिलाहरु अपहेलित र दवावमा रहेर काम गर्नु पथ्र्यो तर आज परिस्थिती फेरिएको छ दाहालले भन्नुभयो महिलाहरुले अव स्व व्यवसायबाट आत्मनिर्भर भै पारिवारिक जिम्मेबारी समेत निर्धक्क संग पुरा गर्न सक्के भएकाछन् ।
सिलाई मेसिन प्राप्तगर्ने सहभागिहरुलाई शुभकामना ब्यक्त गर्दै महानगरप्रमुख दाहालले अवका दिनमा समाजकालागि केशि गरेर देखाउन समेत आग्रह गर्नुभयो ।
मेसिन बितरण कार्यक्रममा भरतपुर महानगरपालिका वार्ड नंं. ८ का अध्यक्ष दामोदर न्यौपानेले अव स्थानिय सरकारको अवधि निकै कम रहेको र सो अवधिमा पनि आफुहरु विकास निर्माण, स्वास्थ्य र शिक्षाको क्षेत्रमा कटिबद्ध भएर लागिरहने बताउनुभयो ।
वडा नं. ८ मा रहेका गरिव,असहाय,एकल महिला र बिपन्न परिवारका लागि स्वरोजगार र आयमुलक ब्यवसायमा उत्प्रेरित गर्न वडाले रु. तीनलाख रुपैयाँ वडा स्तरिय बजेटबाट वीस जनालाई सिलाई मेसिन बितरण गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।
न्यौपानेले वडास्तरिय वजेटबाट यसअघि पनि वडाबासिहरुका लागि बिभिन्न खाले कार्यक्रमहरुको आयोजना गर्दै आएको पनि बताउनुभयो ।
भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का प्रतिनिधिहरु डिल्लिराम लामिछाने, भगवति गौतम, तिलक दर्लामी मगर, सावित्रि बिक, वीसहजारी महिला उद्यमी सहकारी संस्थाकी अध्यक्ष शैलजा घिमिरे पौडेल, वडा सचिव जयन्ती आचार्य,वडाका कर्मचारीहरु ल्गायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम भरतपुर महानगरपालिका वडा नं. ८ का अध्यक्ष दामोदर न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।





















