काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै गरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमण मुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ।
मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन्। साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाएको छ।





















