गोरखा / गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत बुधवार जनप्रतिनिधी, कर्मचारी सहित ९९ जनाको पिसिआर जाँचका लागि श्वाब संकलन गरिएको थियो । जनप्रतिनिधी, कर्मचारी सबै क्वारेन्टिनमा बस्नुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले बताए ।
पाँच दिनपछि हिजो सोमवार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार १७ गते देखि गाउँपालिकाले कामकाज बन्द गरेको थियो । आजबाट गाउँपालिकाले सेवा सुचारु गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए ।





















