काठमाडौं / सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् ।दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्वका प्रस्ताव छन् ।
यस्तै सङ्कल्प प्रस्ताव नौ र ध्यानाकर्षण प्रस्ताव पनि दुईवटा छन् । छैटौँ अधिवेशनमा दर्ता प्रस्तावमध्ये एउटा पनि छलफल नभएका हुन् ।सङ्घीय संसद् सचिवालय कार्य व्यवस्था परामर्श महाशाखाका अनुसार दर्ता प्रस्तावहरू छलफलमा नआएका हुन् ।
तिनमा सीमा विवाद, विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धारलगायत विषयका प्रस्ताव छन् । निष्क्रिय भएका प्रस्ताव अर्को अधिवेशनमा पनि छलफलको औचित्य रहेमा पुनः दर्ता गर्नुपर्नेछ ।
प्रस्तावमध्ये दुई सार्वजनिक महत्वका विषय छलफलमा आएनन् । वैदेशिक रोजगारीका क्रममा रहेर स्वदेश फर्कन चाहने नागरिकलाई फर्कने व्यवस्थाको मागसहित दर्ता भएको सांसदद्वय डिला सङ्ग्रौला र प्रकाश रसाइलीको प्रस्ताव छलफल भएन ।
यस्तै प्रारम्भिक बाल विकास ऐन जारीको मागसहित दर्ता सार्वजनिक महत्वको प्रस्ताव पनि छलफलबिना नै निष्क्रिय भएको छ ।यस्तै सीमा विवादसँग सम्बन्धित पाँच प्रस्ताव औचित्यहीन भएका छन् । लिम्पियाधुरासहितका क्षेत्रमा राजनीतिक र प्रशासनिक उपस्थितिको मागसहित दर्ता प्रस्ताव पनि छलफलमा आएन । आजको गोरखापत्रमा समाचार छ ।





















