काठमाडौं / नेपाली काँग्रेसभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार भागबण्डा मिलेका छ । जसअनुसार देउवा पक्षका ४ रशेखर कोइराला पक्षका दुई जनामै सीमित रहेका छन् ।
काँग्रेस पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले देश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
जसअनुसार मिश्र र पन्त मात्रै शेखर पक्षका हुन् । आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको १९ सिटमा चुनाव हुँदैछ ।





















