रुपन्देही / लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराललाई चयन भएका छन् । बराललाई अध्यक्षमा सर्वसम्मत चुनिए पनि अन्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि टुङ्ग्याउन नेतृत्वलाई हम्मेहम्मे परेको छ ।
आकांक्षी बढ्दै गएको र नेताले आफ्ना पक्षमा तीव्र लबिङ गरेपछि पदाधिकारी चयनमा ढिलाई भएको माओवादी केन्द्रका एक प्रदेशस्तरीय नेताले वताए
अन्य पदाधिकारीको टुंगो नलागेकाले अध्यक्षमा प्रदेश समिति र केन्द्रीय नेतृत्वबीच बरालको नाममा सहमति भए पनि लिखित निर्णय अझै गर्न बाँकी रहेको जनाइएको छ ।
प्रदेश अध्यक्षमा रोल्पाका दिपेन्द्र पुन र दाङका होमराज शर्माले पनि दाबी गर्दै आएका थिए । पछि उनीहरुले दाबी छाडेपछि बराल अध्यक्ष बनेका हुन् ।
माओवादी केन्द्रको प्रदेश समितिमा तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।





















