चितवन / भरतपुर महानगरपालिका ५ स्थित विकासचोकमा रहेको अर्बिट स्कुलले जीवन उपयोगि परामर्श गोष्ठि सञ्चालन गर्ने भएको छ ।
लकडाउनको समयमा घरमा बसेका विद्यार्थीहरुलाई प्रेरणा दिने उदेश्यले आगामी शनिवार अनलाईन मार्फत जीवन उपयोगि परामर्श गोष्ठि सञ्चालन गर्ने भएको हो ।तीन घण्टासम्म सञ्चालन हुने गोष्ठिमा तीन जना परामर्शदाताले प्रशिक्षन दिने अर्विर्ड स्कुलका इन्चार्ज नारायण गौतमले जानकारी दिनुभयो ।
यस गोष्ठिले विद्यार्थीहरुको करियर बनाउनका लागि सहयोग पुग्ने विश्वास गौतमको रहेको छ ।असार २७ गते विहान १० बजेदेखि सञ्चालन हुने गोष्ठिमा अजय रेग्मी, कमल लामा, निश्चल सापकोटाले परीक्षण दिनुहुनेछ । उनिहरुले बालअधिकार, मनोविज्ञान र प्रेरणा सम्वन्धि प्रशिक्षण दिनेछन् ।
अनलाईबाट सञ्चालन हुने गोष्ठिमा एसईई दिएका र ११ कक्षा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ । गोष्ठिमा अर्बिट स्कुल बाहेक अन्य विद्यालयका विद्यार्थीले पनि सहभागिता जनाउन सक्ने गौतमले जानकारी दिनुभयो ।
लकडाउनका समयमा यसअघि अर्बिट स्कुलले अनलाईन मार्फत कविता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।





















