काठमडौँ / राष्ट्रपति विद्या देवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।





















