चितवन / भरतपुर अस्पतालले आज (बुधबार) देखि स्वास्थ्य बिमा गरेका बिरामीका लागि पनि अनलाइनमार्फत बहिरङ्ग (ओपिडी) सेवाको टिकट लिन मिल्ने व्यवस्था गरेको छ ।
करिब एक महिनाअघि शुल्क बुझाएर टिकट लिने बिरामीका लागिमात्रै अनलाइन टिकटको व्यवस्था मिलाए पनि आज बुधबारदेखि भने बिमा गरेका सेवाग्राहीले पनि अनलाइन माध्यमबाटै टिकट लिन सक्ने व्यवस्था मिलाइएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
भरतपुर अस्पतालको वेबसाइटमा र मोबाइल एपबाट पनि टिकट लिन सकिने उनले बताए । यसले सरकारी अस्पतालको स्वास्थ्य सेवामा थप प्रभावकारिता सिर्जना हुने विश्वास लिइएको छ ।वेबसाइटमार्फत या मोबाइल एपबाट टिकट लिएका सेवाग्राहीले आफैँले प्रिन्ट गरेर ल्याए पनि हुने र सम्भव नहुनेले १ नं टिकट काउन्टरबाट बिहान ११ बजेपछि टिकट लिन सकिने उनले बताए ।
यस्तो छ सेवा लिने प्रक्रिया






















