काठमाण्डौं / न्यूरोसर्जन डा.सुवाष लोहनीको निधन भएको छ । टोखा स्थित ग्राण्डी टावरमा उहाँ बेहोस अवस्थामा फेला पर्नुभएको थियो ।
सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला पर्नुभएका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार डा.लोहनीले आत्महत्या गर्नुभएको अनुमान गरिएको छ । लोहनीलाई देशकै सबैभन्दा आशाजनक न्यूरोसर्जनका रुपमा लिइन्थ्यो ।
लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको र उहाँको निधनले स्तव्ध बनाएको उहाँका साथीहरु बताउनुहुन्छ ।
लामो समय न्यूरो हस्पिटल बाँसबारीमा काम गर्नुभएका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध हुनुहुन्थ्यो ।
डा.लोहनी ३८ वर्षको हुनुहुन्थ्यो ।





















