चितवन / जिल्लामा नै पहिलो पटक प्रेस सेन्टर चितवनले स्थानीय संरचना अनुसार रत्ननगर नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ ।
पत्रकार विकास पौडेलको नेतृत्वमा १५ सदस्यीय शाखा विस्तार सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा सन्तोष बस्ताकोटी, सचिवमा किशोर रिजाल ,सह सचिवमा सुजन खनाल र कोषाध्यक्षमा अन्जन अधिकारी रहेका छन् ।
प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न भेलामा स्थानीय संरचना अनुसार शाखा विस्तारका बारेमा जिल्ला सचिव राजेन्द्र आचार्यले प्रस्ट पारेका थिए ।
नेकपा माओवादी रत्ननगर नगर कमिटीका ईन्चार्ज राजु अमगाई सुवोध प्रमुख अतिथि रहेको कार्यक्रममा नगर पार्टि कमिटिका अध्यक्ष ओम लामिछाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





















